धुर्मुस सुन्तली फाउण्डेशन नेपालका चर्चित हाँस्यकलाकारद्धय सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले नेपालमा २०७२ बैसाख १२ गते गएको बिनाशकारी भुकम्प पछि भुकम्प पिडितहरुका लागि आवास पुन निर्माण र सामाजिक कार्य गर्ने उदेश्यले खोलिएको हो । भुकम्प गएको बेला अमेरिका पुगेका धुर्मुस सुन्तली नेपाल फर्किए लगत्तै पिडिहरुका लागि राहत बितरणमा जुटे । भुकम्प पिडितहरुका लागि त्यतिबेला राहतको मात्र हैन्, एउटा व्यवस्थित आवासको आवश्यकता थियो । जसअनुसार काभ्रेको पहरी बस्तीमा एकिकृत नमुना पहरी बस्ती निर्माण गर्ने योजना भयो । बस्ती निर्माणका लागि देश तथा बिदेशमा रहेका नेपालीहरुको आर्थिक सहयोगले सम्पन्न भयो । जुन बस्ती धुर्मुस सुन्तलीले आफ्नै पहलमा बनाएका हुन् । देश निर्माण र पुन निर्माणका लागि एकिकृत बस्तीकै अवधारणा अनुसार अगाडि बढे छिट्टै देश बिकाश हुने हुनाले धुर्मुस सुन्तलीले छिटो पुन निर्माणको प्रकृया स्वरुप एकिकृत बस्ती बिकाशको सुरुवात गरे । जुन बस्ती निर्माण गरिसकेपछि धुर्मुस सुन्तलीले संस्थागत रुपमा काम गर्नुपर्छ भन्ने योजना बनाउँदै सारा दर्शकले चिनेको र चर्चित दुई नामको आधारमा धुर्मुस सुन्तली फाउण्डेशनको नाम राखि संस्था दर्ता गरियो । भुकम्प पछि नेपालीले भोग्नुपरेको दुख पिडा र कष्ठलाई न्युनिकरण गदै, पुन निर्माण गर्ने उदेश्यले संस्थाको स्थापना गरियो । जुन उदेश्यका साथ संस्थाको स्थापना भयो, अहिले संस्था त्यहि अनुरुप अगाडि बढिरहेको छ । संस्था स्थापना संगै धुर्मुस सुन्तली फाउण्डेशनले दुईवटा बस्ती निर्माण सम्पन्न गरि हस्तान्तरण गरिसकेको छ । फाउण्डेशनले अहिलेसम्म सिन्धुपाल्चोकको गिराञ्चौरमा गिराञ्चौर एकिकृत नमुना बस्ती निर्माण गर्यो । त्यसको लगत्तै महोत्तरीको बर्दिवासमा एकिकृत नमुना मुसहर बस्ती निर्माण गरिसकेको छ । 

वर्ग:

टिप्पणी गर्नुहोस