माननिय स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको अगुवाईमा २०७५ बैशाख २३ गतेबाट प्रारम्भिक चरणमा वीर अस्पताललाई देशकै सफाईको नमुना अस्पताल बनाउने अठोटका वीर अस्पताल सरसफाई अभियान सुरु भयो । अभियान चल्दै गर्दा सरसफाईले मात्रै नमुना अस्पताल नदेखिने धेरैको प्रतिकृया पछि धुर्मुस सुन्तली फाउण्डेशनको ठम्याईसकेपछि स्वास्थ्य मन्त्रालय, वीर अस्पताल र हामी अभियान्ताहरुको त्रिपक्षिय समझदारीमा बैशाखको २६ गतेबाट वीर अस्पतालको रंगरोगन तथा मर्मत सम्भारको काम अगाडि बढाईएको थियो । रंगरोगनको जिम्मेवारी हामीले लिएका थियौं भने खेम शर्मा जिले सफाईको , समग्रमा यो अभियान नेपाल सरकार स्वास्थ्य मन्त्रालय , वीर अस्पताल र हामी अभियान्ताहरु बिचको एउटा सहकार्य हो । आज ४४ दिनमा रंगरोगनको काम सम्पन्न भएको छ । यो अभियानमा जोडिनुहुने बाग्मति सफाई महाअभियान, खेम्स क्लिनिङ् कम्पनिका संचालक तथा सफाइ अभियन्ता खेम शर्माको टिम, भद्रगोल टेलिफिल्म समुह, सिस्नुपानी नेपाल हाँस्यब्यङ्ग्य समुह, सामाजिक सञ्जाल दाह्रि ग्याङ समुह, नेपाल ईन्जिनियर्स एसोसियसनका उपमहासचिव रबि भुषण झा, ईन्जिनियर दिपक राज पराजुली, न्यानो स्पर्श समुह सहित हामीलाई साथ दिने सम्पुर्ण अभियान्ताहरु, पेन्टर साथीहरु, मिस्त्री साथीहरु, ईलेक्ट्रिसियन साथीहरु, प्लम्बर साथीहरु, भोलिन्टियर साथीहरु लगायत सम्पुर्णलाई हार्दिक धन्यवाद एवं आभार ब्यक्त गर्न चाहान्छौं । आजबाट वीर अस्पतालको काम सकिएपनि यसको बिधिवत हस्तान्तरण भने केही दिनमा हुनेछ । प्रत्यक्ष र परोक्ष रुपबाट यस अभियानमा जोडिनु हुने सहिृदयी मनहरुलाई धेरै आभार ।



तत्कालिन स्वास्थ्य राज्यमन्त्री पध्मा अर्यालको अगुवाईमा २०७५ बैशाख २३ गते आईतवार देखी सुरु भएको वीर अस्पताल सरसफाई अभियानलाई अझै धेरै प्रभावकारी ढंगले अगाडि बढाउनका लागि र वीर अस्पताललाई नेपालकै नमुना सरकारी अस्पताल  बनाउनका लागि सरसफाईले मात्रै नपुग्ने भएकाले धुर्मुस सुन्तली फाउण्डेशनले बैशाख २५ गते मंगलबारदेखी रंगरोगनको काम सुरु गरेको हो । सरसफाई अभियान सुरु गर्दा १५ दिन अस्पताल र १५ दिन ट्रमा सेन्टरमा सफाई गर्ने भनिएपनि रंगरोगन तथा मर्मत सम्भारको काम समेत गर्नुपर्ने भएकाले उक्त समय थप भई असार ८ गते सरसफाई, रंगरोगन तथा मर्मतको काम सम्पन्न भयो । वीर अस्पताल सरसफाई तथा रंगरोगनको काम ।