धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि दक्षिण कोरियामा रहेको डेउ नेपाली एकता समाजले ३ लाख ३९ हजार २ सय ३३ रुपैया सहयोग रकम हस्तान्तरण गरेको छ । समाजका पदाधिकारीहरु नेपाल स्थित फाउण्डेशनकै कार्यालयमा आई उक्त रकम सहयोग गरेका हुन् । 
 
फाउण्डेशनको कामलाई आफुहरुले नजिकबाट नियालिरहेको बताउदै समाजका संस्थापक अध्यक्ष मोहन पण्डितले फाउण्डेशनलाई सहयोग गर्न पाएकोमा खुसी लागेको बताए । धुर्मुस सुन्तलीको कामबाट सबैले सदभाव र प्रेमबारे सिक्नुपर्ने धारण राख्दै उनले सरकारलाई नै चुनौति दिने काम भएको भन्दै दुख पाएकाहरुलाई फाउण्डेशनले सधै सहयोग गरिरहनेछ भन्दै सफलताको शुभकामना समेत दिए । फाउण्डेशनको बस्ती हस्तान्तरणको नजिक आईपुग्दा समेत पुरा सहयोग नउठेकोमा दुख ब्यक्त गदै उनले कुनै पनि बाधा नहोस भन्नका लागि आफुहरुले सहयोग गरेको धारणा राखे । 
 
सहयोग हस्तान्तरण कार्यक्रममा डेउ नेपाली एकता समाजका संरक्षक कुवीर लिङदेन, संस्थापक अध्यक्ष मोहन पण्डित, पुर्व उपाध्यक्ष तिर्थराज पाण्डे, सदस्यहरु बिजेन्द्र खाँड तथा राजकुमार देउवा र पत्रकारहरु टिका भुजेल, राम प्र अधिकारी र नारायण खनाल उपस्थित थिए । 

टिप्पणी गर्नुहोस