धुर्मुृस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्तीका घरहरुमा रंग लगाउने काम सुरु भएको छ । शिल्यान्यास गरेको करिव सांढे २ महिना नपुग्दै मुसहर बस्ती निर्माणको को काम लगभग अन्तिम चरणमा आईपुगेको बताईएको छ । 

 


सांढे २ महिना अगाढि अर्थात माघ २५ गते चर्चित हांस्यकलाकार महजोडी(मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य) द्धारा सिल्यान्यास गरिएको मुसहर बस्तीको लगभग सबै घरमा छाना छाउने काम सक्सिकेको बताईएको छ । केही घरहरुमा छाना लगाउन बांकि भएपनि अहिले अधिंकाश घरहरुमा रंङ्गरोगनको काम सुरु गरिएको परियोजना ब्यबस्थापक अर्जुन न्यौपानेले जानकारी दिएका छन् । बस्ती निर्माणका लागि निर्माण स्थलमै रहेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले बताएअनुसार बस्ती निर्माणको काम एकदमै छिटो भईरहेको छ । सांढे २ महिना नपुग्दै लगभग बस्तीको अधिंकाश काम सकिएको जानकारी दिदैं उनले नया बर्षमा बस्ती हस्तान्तरण गरेरै छाड्ने बताएका छन् । 

 

४ करोड ७८ लाखमा निर्माण हुने यस बस्तीका लागि बिभिन्न संघ संस्था तथा सहयोगीमनहरुले सहयोग गरिरहेका छन् । केही ढिलो गरी सहयोग उठिरहेको बताउने फाउण्डेशनका लेखा अधिकृत सरोज जंग खत्रीले बताएअनुसार बस्ती निर्माणका लागि अझै पनि करिव १ करोडको हाराहारीमा सहयोग उठ्न बांकी रहेको छ । फाउण्डेशनले अहिलेसम्म करिव ३ करोड बराबरको रकम बस्ती निर्माणका लागि खर्च गरिसकेको बुझिएको छ । 

 

 

टिप्पणी गर्नुहोस