मुसहर बस्तीका लागि जानकी पोलिट्याङ्कीले दियो ५३ वटा पानि ट्याङ्की सहयोग

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको एकिकृत नमुना मुसहर बस्तीका लागी जानकी पोलिट्याङ्कीले ३०० लिटरको ५३ वटा पानी ट्याङ्की त्यसमा प्रयो हुने सामाग्री सहयोग गरेको छ । कम्पनीले फाउण्डेशनले आत्मा छुने काम गरेको भन्दै उक्त सहयोग गरेको हो । 

 


मोरङ्गको जानकी पोलिट्याङ्की ईण्डस्ट्रिज प्रा.ली ले निर्माण स्थलमै पुगी १ लाख ६५ हजार ३ सय ६० रुपैया बरावरको पानि ट्याङ्की सहयोग गरेको हो । ईण्डष्ट्रिजका कार्यकारी निर्माता सन्तोष चौधरीले फाउण्डेशनले उदाहरणिय र मानवताका लागि गरेको पबित्र कामका लागि सहयोग गर्न पाउदा खुसी लगेको बताएका छन् । ‘उहांहरुले आत्मा छुने काम गर्नुभएको छ’ ईण्डष्ट्रिजका कार्यकारी निर्देशक चौधरीले भने ‘धुर्मुस सुन्तलीको सामाजिक कामका लागि सहयोग गर्न पाउदा आत्मसन्तृष्ट्रि मिलेको छ’ । फाउण्डेशनले गरेको कामबाट सबैले सिक्नुपर्ने बताउदै उनले फाउण्डेशनलाई खुलेर सहयोग गरे खेर नजाने धारणा राखे । धुर्मुस सुन्तली संगै अन्य नेपालीले पनि यस्तै अभियान चलाए सरकारको मुख ताकेर बस्न नपर्ने बताउदै उनले धुर्मुस सुन्तली यसको आईडल भएको भन्दै तारिफ गरे । फाउण्डेशनले गरेको कामलाई आफुहरुले नजिकबाट नियालिरहेको बताउदै उनले भने ‘उहांहरुको कामलाई जति सहयोग गरे पनि कम हुन्छ, उहांहरुको हरेक काममा सहयोग गर्न हामी तयार छौं ।’


बिगत ५ बर्ष भन्दा लामो समय देखी पानी ट्याङ्की निर्माण तथा बितरण गदै आईरहेको जानकी पोलिट्याङ्की ईण्डस्ट्रिजले फाउण्डेशनको गिराञ्चौर एकिकृत नमुना बस्तीका लागि पनी पानि ट्याङ्की सहितका सामाग्री सहयोग गरेको थियो ।