प्रस्तवित परियोजना विवरण:

देश : नेपाल 
क्षेत्र : खेलकुद
परियोजना शिर्षक : गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला 
संयोजन संस्था: धुर्मुस सुन्तली फाउण्डेसन
स्थान: निर्णय भए बमोजिम
अवधि : दुई वर्ष
परियोजना प्रारम्भ : ..../...../.....


प्रस्तावना

विश्व क्रिकेटको इतिहास
क्रिकेट ब्याट र बलले खेल्ने सामुहिक खेल हो । यो हाल संसारकै सबैभन्दा रुचाइएको खेल हो । यस खेलका मुख्यत तीन प्रकार हुन्छन् । पाँच दिनको टेस्ट, एक दिवसीय (वान डे )र २०/२० क्रिकेट । यसको मुख्य नियन्त्रक संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद हो । यो खेल खुला मैदानमा रहेको पिचमा खेलिन्छ । क्रिकेट एंग्लो स्याक्सन काल मानिने पाँचौं शताब्दीदेखि नै बेलायतबाट सुरु भएको मानिन्छ । सडकमा केटाकेटीले भकुन्डोलाई लौराले हानेर खेल्ने खेलबाट सुरु भएको क्रिकेटले सत्रौँ सताब्दीमा आएर मात्र प्रौढहरूको ध्यान खिचेको हो । इतिहासअनुसार भेडा चराउने क्षेत्रमा भेडाको ऊनको भकुन्डो फाल्ने र अर्कोले समात्ने खेलबाट सुरु भएको क्रिकेटमा पछि विकेटको प्रवेश भयो र त्यसपछि स्टम्पमा बलले लाग्नबाट जोगाउन ब्याट्सम्यानले लट्ठीले छेक्ने प्रयाससँगै क्रिकेटले अहिलेको स्वरूप पाएको हो ।

कसरी विकसित भयो क्रिकेट शब्द ?

क्रिकेट शब्द डच शव्द क्रिकबाट आएको विश्वास गरिन्छ, जसको अर्थ लट्ठी हुन्छ । क्रिकेट खेलमा ब्याट र विकेटको रूपमा लट्ठीका रूपमै प्रयोग गरिने भएकाले यसको नाम जुरेको मानिन्छ । पूर्वीय परम्परामा महाभारतमा लाठी प्रयोग गरेर भगवान श्रीकृष्णले तेलकासा र क्रिकेटको समतुल्य खेल खेल्ने गरेको प्रसंग समेत आउँछ ।

औपचारिक खेलको सुरुवात

क्रिकेटको सुरुवात पाँचौं शताब्दीतिर भएको मानिए पनि औपचारिक रूपमा सन् १६४६ मा पहिलो क्रिकेट खेल भएको प्रमाण पाइन्छ, जुन बेलायतको केन्टमा भएको थियो । सत्रौँ शताब्दीको अन्त्यतिर केही पादरीले चर्चमा नगएर क्रिकेट खेलेकाले जरिवाना तिरेको इतिहास छ । सन् १७०६मा बेलायतका विलियम गोल्डवेनले क्रिकेट खेलको नियमका बारेमा पुस्तक प्रकाशन गरे । त्यतिबेला विकेटमा दुईवटा लट्ठी हुन्थे भने ४ बलको एक ओभर हुन्थ्यो । सन् १७४४ मा प्रकाशित क्रिकेटको दोस्रो नियमले दुई जना अम्पाएर हुने व्यवस्था गरेको थियो ।

सन् १७६० मा इङ्गल्याण्डमा स्थापना भएको ह्याम्ब्लेडन क्लब पहिलो क्रिकेट क्लब हो । त्यसपछि सन् १७८७ मा अर्को क्लब म्यारिलेबन स्थापना भयो ।

सुरुमा बलरले बललाई जमीनबाट गुडाएर विकेटतिर फ्याक्नुपथर््यो तर सन् १७७०को दशकपछि बललाई हावामा फ्याँक्ने चलन सुरु भयो जसबाट आधुनिक क्रिकेटको सुरुवात भयो ।
सन् १७७४मा एलबीडब्लुको नियम आयो र दुई विकेटको सट्टा तेस्रो विकेट पनि राख्न थालियो । सन् १७८०मा तिन दिवसीय खेलको सुरुवात भयो र पहिलो पटक ६ बलको एक ओभर बनाइयो। सन् १८७०मा क्रिकेटमा चौका र छक्काको व्यवस्था भयो ।

नेपालमा क्रिकेटको प्रविष्टी र बर्तमान्

पछिल्लो दशकमा नेपालमा राजनीतिपछि सबैभन्दा चर्चामा रहेको क्षेत्र बनेको छ क्रिकेट । चाहे नेपालले अन्तर्रािष्ट्रय क्षेत्रमा पाएको सफलताबाट यसको चर्चा वैश्विक रुपमा नै बढेको र नेपाली क्रिकेट खेलाडीहरु विश्व खेलबजारमा समेत अक्सनबाट हायर गरिन थालिएपछि यसको भविष्य अझ समुज्ज्वल देखिँदैछ ।

क्रिकेटको इतिहास नियाल्दा नेपालले सफलताको पहिलो ठुलो खुड्किलो टि २० विश्वकपमा पाएको सफलताबाट टेकेको थियो । त्यतिबेला नै नेपाली क्रिकेटले नेपालको पहिचान बन्न सक्ने संभावनाको ढोका समेत खोलेको थियो ।

दृष्टिविहीन क्रिकेट खेल्ने विश्वका ३० राष्ट्रमध्ये दृष्टिविहीन महिलालाई क्रिकेट खेलाएर उनीहरूको राष्ट्रिय प्रतियोगिता समेत आयोजना गर्ने नेपाल नै पहिलो देश हो । यस कार्यबाट अन्तर्रािष्ट्रय जगतमा नेपाली दृष्टिविहीन महिलाप्रतिको दृष्टिकोणमा परिवर्तन हुन गई साहस र हिम्मतको उदाहरणसमेत बन्न सफल भएका छन् ।

नेत्रहीन क्रिकेट सङ्घको नेतृत्वमा नेपाली नेत्रहीन क्रिकेट टोलीले २००८ र २०१० मा पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेलिसकेको छ । २०१२ डिसेम्बरमा भारतको बेङ्लोरमा सञ्चालित पहिलो दृष्टिविहीन टी ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालको तर्फबाट पुरुष दृष्टिविहीन क्रिकेट टोलीलाई सहभागी गराउन सफल भयो । अझ त्यसमा पनि संसारमै पहिलो पटक पुरुष क्रिकेट टोलीमा नेपालका तर्फबाट भगवती भट्टराई एवं रूपा बलाल पुरुष खेलाडीहरूसँगै प्रतियोगितामा सहभागी भएको कुराले त संसारैभरि चर्चा पायो ।

नेपालको क्रिकेटमा भविष्य

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को सदस्यता १९८८ मा पाएको झण्डै ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएको छ ।

एक दिवसीय मान्यतासँगै अब नेपाली क्रिकेटको नयाँ अध्यायसमेत शुरु भएको छ । एक दिवसीय मान्यता पाएको नेपाली क्रिकेटमाथि अवसर र चुनौतीका चाङ पनि थपिएको छ ।

पहिलो पटक यो सफलता पाएसँगै नेपाली क्रिकेटको अहिले सबैतिर चर्चा छ । क्यानको विवादबीच पनि नेपाललले यो सफलता पाउनु खुशीको विषय हो । यो मान्यता पाएसँगै नेपालले आगामी चार वर्षसम्म थुप्रै अवसरहरू पाउनेछ । तर यस वीचमै नेपालले क्रिकेटको विकासका लागि केही केही गरिहाल्नु पर्ने जरुरी भएको छ ।

यसै परिप्रेक्ष्यमा नेपालमा धुर्मुस सुन्तली फाउण्डेसनले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सरकार, सामुदायिक र निजी क्षेत्रको समेत सहभागितामा गर्नका लागि यो प्रस्ताव पत्र प्रस्तुत गरिएको छ ।
प्रस्तुत परियोजनाले नेपाली क्रिकेट खेल, खेलाडी, खेल पर्यटनको मात्र विकास र विस्तार गर्ने होइन कि रंगशालाको नामबाट समेत भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देशको समेत अनन्तकालसम्म प्रवाह हुने छ ।