परियोजना प्रस्ताव र आव्हान 

धुर्मुस–सुन्तली फाउण्डेशन कला, सचेतना, भौतिक संरचना निर्माण मार्फत जनसेवामा समर्पित सामाजिक संस्था हो । यसले कला, निर्माण र सचेतना मार्फत् नव नेपालको निर्माणमा बिभिन्न प्रभावकारी गतिबिधि गर्दै आएको छ । यसै सन्दर्भमा भुकम्प पछिको पुर्ननिर्माणका क्रममा काभ्रे जिल्लाको पहरी गाउंका भुकम्प पीडित २० परिवारका लागि भुकम्प प्रतिरोधी २० घर निर्माण, सिन्धुपाल्चोकको गिरानचौरको भुकम्प पिडित तामांङ गाउंमा ६६ आवासिय घर तथा महोत्तरीको बर्दिबास स्थित मुसहर बस्तीमा मानवता र सद्भावका लागि अपांग, बालमैत्री ५३ घरको एकिकृत नमुना मुसहर बस्ती निर्माण सम्पन्न गरिसकिएको छ । तद् प्रश्चात पनि उक्त बस्तीको संरक्षण र स्थानियका आर्थिक सम्वृद्धिका लागि बिभिन्न कार्यहरु तथा क्रियाकलापहरु यस फाउण्डेशनले गदैं आईरहेको छ ।

यी सबै कार्यहरु नेपाल सरकारको नीति, नियम र मापदण्ड अनुसार निर्माण भएका छन् । हाम्रो पवित्र उद्देश्य भनेको देशलाई बलियो बनाउन, जनतालाई सबल बनाई सरकारलाई सघाउनु हो । निश्वार्थ सेवामा समर्पित हामीलाई सरसफाई दुतको रुपमा सरकारद्वारा नियुक्त गरिएपछि थप दायित्वबोध भएर नै हामी सामाजिक सेवामा लाग्न प्रेरित भएका हौं ।

अब हामी सिंगै देशलाई जोड्ने अर्को परियोजनाको संकल्प गर्दैछौं । नेपाल सरकारको मातहत रहने गरी सम्पन्न गरिने यो महत्वपूर्ण परियोजना निर्माण गर्न हामी लालायित छौं । राष्ट्रिय गौरवसंग जोड्ने यो बिल्कुलै नयां अभियानमा राज्यले नेतृत्व लिँदै हामीलाई कार्य जिम्मेवारी दिएको अवस्थामा निर्माणको सम्पूर्ण अभिभारा बोक्न तयार छौं भनि यो प्रस्ताव पेश गर्दछौं । जुन नेपालका सम्पुर्ण जातजाती, भाष, संस्कृती र जीवन शैलीको साझा थलो बन्नुका साथै नेपाललाई नजिकबाट अध्ययन अवलोकन र जान्न बुझ्न चाहनेका लागि पुग्नै पर्ने गन्तव्यका रुपमा पर्यटकिय केन्द्र बन्नेछ ।  ​

सीताराम कट्टेल धुर्मुस​ 
​अध्यक्ष 
धुर्मुस सुन्तली फाउण्डेसन

 

थप जानकारीको लागी यहाँ क्लिक गर्नुहोस् |

वर्ग:

टिप्पणी गर्नुहोस