धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको एकिकृत नमुना मुसहर बस्ती नेपालका चर्चित हाँँस्यकलाकार महजोडि मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको हातबाट हस्तान्तरण गरिएको छ । पुस १५ गते उनै महजोडिले शिलान्यास गरेको उक्त बस्ती ३ महिना अर्थात ९५ दिनमै निर्माण सम्पन्न गरि मुसहर समुदायलाई हस्तान्तरण गरिएको हो । नया बर्ष २०७४ को अवसर पारि हस्तान्तरण कार्यक्रमको आयोजना गदै धुर्मुस सुन्तली फाउण्डेशनले बस्ती मुसहरहरुलाई जिम्मा लगाएको छ ।


बस्ती हस्तान्तरण कार्यक्रममा महजोडिले स्थानीय विल्टु सदालाई वस्तीको सांचो हस्तान्तरण गरेका हुन् । वस्ती हस्तान्तरण गर्दै महजोडीले कार्यक्रममा वस्तीको  सरसफाइका लागि एक लाख रुपैयाँ सहयोग समेत प्रदान गरेका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनले ५३ वटा घर, एउटा सामुदायिक भवन, मुसहर वस्तीका लागि मन्दिर, भ्यु टावर, वाल उद्यान, ढलानसहितको भित्रि बाटो तयार पारेर नया बर्षमा बस्ती हस्तान्तरण गरेको हो ।  


कार्यक्रममा वस्ती निर्माण खर्चका लागि देश विदेशबाट कुल ५ करोड २४ लाख ७६ हजार ४ सय ५३ रुपैंया रकम सहयोग जुटाइएको जनाइएको छ । यसका साथै गिरानचौर निर्माण बाट बचेको रकम सहित  फाउण्डेसनमा ६ करोड ३३ लाख ३९ हजार ८ सय ६६ रुपैंया १५ पैसा रकम जम्मा भएको जनाइएको छ । तर वस्ती निर्माणमा सोचे भन्दा बढी खर्च भएको फाउण्डेशनले बताइएको छ । फाउण्डेशनको बस्ती निर्माणका लागि जुटेको सहयोग रकम र खर्चका बारेमा बोल्दै परियोजना संयोजक अर्जुन न्यौपानेले बस्ती निर्माणका लागि कुल ५ करोड ४ लाख ३६ हजार ८ सय ६० रुपैया खर्च भएको बताएका छन् । 


नेपाल सरकारका मुख्य सचिव खोमलाल सुवेदी,तथा महोत्तरी जिल्लाका विशिष्ट व्यक्तिहरुको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै कलाकार मदनकृष्ण तथा हरिवंशले धुर्मुस सुन्तली लाई जन्माउने आमा बुबा महान भएको भन्दै उनीहरुलाई आभार व्यक्त गरेका छन् ।  
हस्तान्तरण कार्यक्रममा कलाकर्मी वसुन्धरा भुषाल, शिव श्रेष्ठ, सरोज खनाल, निर्माता निर्देशक आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र  प्राविधिक संघका अध्यक्ष पुष्कर लामा तथा कलाकार सुरज चापागाई ‘बान्द्रे’ तथा टेलिश्रृंखला भद्रगोल र मेरी बास्सैका कलाकारको उपस्थिति रहेको थियो ।


महाभुकम्प पछि नेपालमा आएको आपत र बिपतमा झेल्दै आएका नेपालीहरुलाई साहारा दिदैं भुकम्प पिडितहरुका लागि आवास निर्माण गरेको धुर्मुस सुन्तली फाउण्डेशनले यो पहिलोपटक गरिबी र चपेटामा परेका मुसहरहरुका लागि आवास निर्माण गरेको हो । सदियौं देखि गरिवीको चपेटामा परेका मुसहर बासीले धुर्मुस सुन्तलीको मिठो साथ पाए । उनिहरुकै कारण राम्रो बस्ने बास र शिक्षाको उज्यालोमा पुग्ने अठोट लिन सकेका छन् । कुनै पनि बालवालिका स्कुल नजाने त्यस्तो समुदायमा धुर्मुस सुन्तली पुगेपछि अहिले सबै बालवालिका स्कुल जान थालेका छन् । आँगन भरी फोहोरको थुप्रो देखिने त्यो समुदाय अहिले सफा बनेको छ । झट्ट हेर्दा कुनै पार्क भन्दा कम छैन् । धेरैले त धुर्मुस सुन्तलीले सांच्चै बस्ती नमुना र पर्यटकिय स्थल नै बनाईदिएको बताएका छन् । पुस्ता पुस्ता सम्म पनि आथिक हिसावले अगाडि आउन नसक्ने त्यस्तो अवस्थामा रहेका उत्त मुसहर बासीले अहिले आफ्नै घर पाएका छन् । 

तस्बिर : रातोपाटि(शम्भु दंगाल)/बाह्रखरी(अक्षर काका)

टिप्पणी गर्नुहोस