कलाकार सितारम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को सामाजिक अभियानमा बेखबर नेपाली सायदै कम होलान् । देशमा होस् या विदेशमा, यो जोडीको सत्कर्मले उनीहरुप्रति श्रद्धा जगाउँछ । 


भुकम्पले खुला आकाशमुनि जीवन छाडा छाडेकाहरुलाई न्यानो, बलियो घरसम्म ल्याएका उनीहरु अहिले तराईको अति पिछडिएको समुदायको सिरेटो रोक्न महोत्तरी पुगेका छन् । काभ्रेको पहरी बस्ती र सिन्धुपाल्चोकको गिराञ्चौरका भुमक्पडीडितलाई घर बनाएर तराई झरेका धुर्मुस सुन्तलीले अबको चार सातामा मुसहर बस्तीलाई लोभलाग्दा घर उपहार दिदैंछन् । 


नेपालमा कलाकारको भविष्य अझै सुरक्षित छैन् । आफ्नो भविष्यको कुनै चिन्ता नलिएका धुर्मुस सुन्तलीले गरेको सेवाले भने जनताको सेवा गर्न बसेका रानीतिक दल, तिनका नेता र अबौं रुपैयाँ तलब मात्रै बुझ्दै आएको कर्मचारी प्रशासन पनि पानी पानी हुन्छ । 
हो, यही जाडिीको कथालाई सञ्चारकर्मी राधाकृष्ण धितालले संक्षिप्त डकुमेन्ट्री मार्फत देखाएका छन् । ‘धुर्मुस सुन्तलीलाई धेरैले पैसा सहयोग गरे, हुनेले सरसामान पनि सहयोग गरे,’ उनि भन्छन, ‘एक टेलिभिजन पत्रकारको नाताले उनको अभियानलाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुगोस् भनेर डकुमेन्ट्री निर्माण गरेको हुँ ।’


अंग्रेजीमा बनाईएको डकुमेन्ट्रीमा धुर्मुस सुन्तलीको तीनवटै सामाजिक परियोजनाहरुको अभिलेखिकरण गरिएको छ । काम गर्दाका कथा ब्यथाको त महाभारत नै बन्न, कर केही अंशहरु भने उक्त डकुमेन्ट्रीमा समेटिएका छन् । 
आशा छ मुसहर बस्तीमा आर्थिक संकट ब्यहोरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनलाई केही राहत मिल्ला कि ?

 

 

टिप्पणी गर्नुहोस