हाम्रो भिजन

  • नेपाली समाजमा प्रचलित असमानता कम गरेर एक उन्नत समाज विकास गर्न योगदान दिने ।
  • जीवनका सम्पुर्ण पक्षहरुको बिकासको निमित्त स्वास्थ्य जीवन, सुखी जीवन र समतामुलक समाजको निर्माणमा आफु र अन्य सहयोगी मार्फत योगदान पुर्याउने ।
  • शिक्षा, खेलकुद, मनोरञ्जन र नैतिक शिक्षामा आधारित रहेर समाजको समग्र बिकासको लागि गैरनाफामुलक उदेश्यका साथ क्रियासिल रहने ।



हाम्रो मिसन
अनैतिकता, गरिबी, भेदभाव, महिला हिंसा, बाल श्रम, सानो उमेरमा हुने विवाह, सामाजिक बहिष्कार कम गर्न र सरकारी एजेन्सीहरू, सिभिल सोसाइटीहरू र सम्बन्धित सरोकारवालाहरूसँग समन्वयमा सु स्वास्थ्य र स्वच्छतालाई बढावा दिने ।


हाम्रो उद्देश्यहरु

सामान्य उद्देश्य
विशुद्ध सामाजिक संस्थाको रुपमा रही मानवीय एवं जनहित सेवा कार्यहरु गर्ने

विशिष्ट उद्देश्य
क) दैवी प्रकोपमा परेकाहरु, असहाय, निर्वल परिवारको स्वास्थ्य, शिक्षा, आवास, सरसफाई र खुला दिसामुक्त कार्यक्रम संथालन गर्ने तथा दैवी प्रकोपमा परेकाहरुलाई पुर्नस्थापनाको कार्य गर्न सहयोग गर्ने ।
ख) सडक बालबालिका र युवा युवतीहरुमा लागु पदार्थको दुव्यसनबाट हुन गइरहेको समस्या र विसंगतीहरुलाई न्युनिकरण गर्न सहयोग गर्ने सहयोग गर्ने र चेतनामूलक कार्यहरु संचालन गर्ने ।
ग) परिवार एवं समाजबाट अपहेलित भएका बृद्ध÷बृद्धाहरु, महिलाहरु, एकल महिला, जनजाती र जातीय भेदभावलाई हटाउनको लागि विभिन्न चेतना मूलक कार्यक्रम संचालन गर्ने ।
घ) राष्ट्रिय आपत विपत, महामारी, प्राकृतिक प्रकोपको बेला विभिन्न किसिमको सहयोग पु¥याउने ।
ङ) राष्ट्रिय समारोह, चाडपर्व, मेला, उत्सवहरुमा मनोरञ्जनात्मक कार्य गर्ने ।
च) समान उद्देश्य भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय समानसेवी एवं जनकल्याणकारी संस्था÷संस्थाहरुसँग समन्वय गरी सहयोग आदान प्रदान गर्ने ।
छ) क्षेत्रीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गोष्ठि, सेमिनार तथा कार्यशालाको आयोजन ागर्ने तथा भाग लिने ।