बारामा राहत बितरण

डुवान क्षेत्रका पीडितहरुलाई मलहम पट्टी लगाउने हाम्रो अभियान अन्र्तगत महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरंग, झापा, सर्लाही, रौत्तहट हुँदै बारा सम्म आइपुग्दा ‘एक परिवार, फुल प्याकेज’ अभियान बनेको छ । पीडितको मुहारमा देखिएको खुशीले हामीलाई मानविय सेवा गर्न थप प्रेरणा मिलेको छ । सम्पूर्ण शुभचिन्तक एंव सहयोगि महानुभावहरुलाई हृदयदेखि आभार प्रकट गर्दर्छौं । बारामा हामीले बाढी पिडित परिवारलाई फुल प्याकेज सहितको चामल, दाल, नुन, चिनि, चाउचाउ, झुल, डस्ना, ओड्नी, लत्ताकपडा, चप्पल, टर्च लाईट लगायतका सामाग्रीहरु बितरण गरेका छौं । यस राहत संकलन तथा बितरणमा साथ र सहयोग गर्नुहुने सम्पुर्ण सहयोगीहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।