न खाने गाँस छ, न त बस्ने बास नै । सम्पत्तिको नाममा शरीरमा एक सरो लगाउने लुगा बाहेक हरु केही बाँकी छैन । निरन्तरको अविरल बर्षाले सप्तरी जिल्लाको भारदह स्थित कोसी बाँध किनारका बाढी पीडितहरुको कथा बेथा हो यो । हामीले लिएर गएको राहतको समाग्री उहाँहरु रहेको स्थान सम्म पुर्याउन  निकै कठिन परेपछि उहाँहरुलाई सुरक्षित स्थानमा भेला गराई मुश्किलले राहत प्रदान गरियो । यस राहत बितरणमा महत्वपुर्ण सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद ब्यक्त गदैं आर्थिक तथा जिन्सी सहयोग गर्नुहुने महानुभावहरुलाई आभार ब्यक्त गर्न चाहान्छौं ।

टिप्पणी गर्नुहोस