खेलकुद समिति गठन
जनस्तरबाट निर्माण हुने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि निर्माण समिति, व्यवस्थापन समिति, आर्थिक समिति, प्राबिधिक समिति लगायत अन्य बिभिन्न स्थानहरुमा बिभिन्न समितिहरु गठन भईरहेका बेला खेलकुद क्षेत्रका बिशिष्ट ब्यक्तिहरुको सहभागितामा दिपक बिष्टको संयोजनमा १३ सदस्य खेलकुद समिति गठन भएको छ । जुन समितिको सल्लाहकार समितिमा बैकुण्ठ मानन्धर, राजु शाक्य, भावना घिमिरे र जगत टमाटा रहनुभएको छ भने सदस्यहरुमा हरि खड्का, संगिना बैध, भरत शाह, बिनोद दास, गौरिका सिंह, दिपक श्रेष्ठ, रुबिना क्षेत्री, सरस्वती चौधरी, दिपक महर्जन, महेश्वर महर्जन, शावित्री भण्डारी ‘साम्बा’, अनिल गुरुङ र छुम्बी लामा लगायत हुनुहुन्छ ।



साथै रङ्गशाला निर्माण अभियानका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछाने सद्भावना दुतका रुपमा अभियानमा नियुक्त गरिएको छ । आगामी दिनमा यो समितिमा खेल क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउनु भएका खेलाडीहरु पनि जोडिन सक्नुहुनेछ । तपाईहरुले पनि आ आफ्नो ठाउँबाट बिभिन्न सहयोग संकलन समिति तथा सहयोग समितिहरु गठन गरेर यो अभियानको अभियान्ता बनिदिनुहुन र अपनत्व ग्रहण गरिदिनुहुनका लागि अनुरोध पनि गर्न चाहान्छौं ।