कोरोना भाईरसबाट प्रभावितहरुलाई गरिएको सहयोग
विश्वभर महामारीको रुप लिईरहेको नोवल कोरोना भाईरस (कोभिड १९) बाट बच्न सरकारले गरेको लकडाउनको समयमा पीडामा रहनुभएका नेपालीहरुका लागी धुर्मुस सुन्तली फाउण्डेशन मार्फत बिभिन्न राहत सामाग्रीहरु तथा आर्थिक सहयोग प्रदान गरिरहेका छौं । तपाईको नजिक, तपाईले देख्नुभएको र थाहा पाउनुभएको कोही भोकै बसिरहनुभएको छ र पीडामा हुनुहुन्छ भने हामीलाई सम्पर्क गरि जानकारी गराईदिनुहोला हामी पीडित पहिचान गरि सहयोग गर्ने बाचा गर्दछौं । हालसम्म गरिएको सहयोगको विवरण यसप्रकार छ ।

१) मिति २०७७ बैसाख ९ गते, किर्तिपुर स्थित रहेको त्रिभुवन विश्व बिद्यालयमा अध्यतरत २०० जना बिद्यार्थीहरुका लागी २०० बोरा चमल, ६०० केजी दाल, २०० पाकेट नुन, २०० लिटर तेल, २०० कार्टुन बिस्कुट सहयोग वितरण गरियो। (भिडियो)

२) बैसाख ९ गते नै, चितवन जिल्ला घर भई झापा अर्जुनधारामा अध्यनरत २४ जना अलपत्र बिद्यार्थीहरुलाई २ वटा माईक्रो रिर्जभ गरी झापाबाट चितवन ल्याईएको ।

३) बैसाख ९ गते नै साँझ, ललितपुरमा अलपत्र अवस्थामा रहनुभएका ९५ जना मजदुरहरुलाई २ वटा बस रिजर्भ गरी गृहजिल्ला दाङ पठाईएको । (भिडियो)

४) बैसाख १० गते, बिभिन्न जिल्लाबाट काठमाण्डौं, ललितपुर र भक्तपुरमा अस्थाई बसोवास गरिरहनुभएका बिपन्न, गरिव, मुटु रोगी, मृगौला रोगी, दमका बिरामीहरु, ज्याला मजदुरी गरी गुजारा गर्दै आएका मजदुरहरु, असाहाय, अशक्त, तथा बिद्यार्थीहरु गरी ४३ परिवारलाई उहाँहरु रहनुभएकै ठाउँमा पुगी उहाँहरुको स्थिती अनुसार जम्मा १ लाख ३५ हजार रुपैंया नगद सहयोग वितरण गरियो। (भिडियो)

५) बैसाख ११ गते, काठमाण्डौं, ललितपुर र भक्तपुरमा अस्थाई बसोवास गरिरहनुभएका बिपन्न, गरिव, दृष्टिबिहिन, अपाङ्ग, तथा पीडामा रहनुभएका आमाहरुका लागी जम्मा १ लाख ८ हजार आर्थिक सहयोग वितरण गरियो। (भिडियो)

६) बैसाख १३ गते, ज्याला मजदुरी गर्नु हुने साथै, असहाय ,अशक्त तथा बिधार्थिहरु सहित ३४ परिवारलाई स्थिती अनुसार उहाँहरुको बसोबास स्थल मा पुगी रु १ लाख १४ हजार बरावरको वितरण गरिएको छ । (भिडियो)

७) बैसाख १५ गते, सुदुरपस्चिम घर भइ हाल चितवनमा अध्ययनको सिलसिलामा डेरा गरि बस्ने विद्यार्थीहरु तथा ज्याला मजदुरी गर्नुहुने परिश्रमीहरु सहित ३० परिवारलाई उहाहरुको बसोबास स्थलमा खाद्यान्न सहयोग वितरण गरिएको छ ।



८) बैसाख १७ गते, चितवन शारदानगरमा डेरा गरि बस्नुहुने गर्भावति अवस्थामा रहनुभएकि पिडादायक अवस्थामा रहनुभएकी  एक दिदिको परिवार र अन्य ज्याला मजदुरी गर्नु हुने परिश्रमी हातहरु गरि १० परिवारलाई उहाहरुको बसोबास स्थलमा पुगि खाद्यान्न सहयोग गरिएको छ ।

९) बैसाख १७ गतेका दिन बिपतमा परेका महानुभाबहरुलाई  सहयोग बितरण गरिएको । (भिडियो)


यो महामारीको बेला हामी सबैले पीडामा रहनुभएका पीडितहरुको पहिचान गरी मानविय धर्म निर्वाह गरिदिनुहोला । तपाईको सानो सहयोगले कसैको ठुला पीडा भुलाउन सक्छ ।
‘कोरानाबाट आफु पनि बचौं, अरुलाई पनि बचाउँ’