गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नर्वेका निवर्तमान अध्यक्ष कुमार पण्डितको संयोजकत्वमा कल्याणकारी सहयोगका निमित्त संकलित रकम गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले १ लाख ४० हजार ७ सय ८० रुपैया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्ट र रासप बेल्जियमका उपाध्यक्ष योगिता थापाले संयुक्त रुपमा उक्त सहयोगको चेक धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई सोमवार संघको सचिवालयमा हस्तान्तरण गर्नुभएको छ । 
 
उक्त सहयोग रकम रकम रौतहट जिल्लाको चन्द्रनिगाहपुर स्थित सन्तपुरमा रहेका ४७ बाढीपिडत परिवारहरुकालागि निर्माण गरिने एकीकृत नमूना वस्तीमा उपयोग गरिने छ । एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि झण्डैं ६ करोड ला्रग्ने अनुमान धुर्मुस सुन्तली फाउण्डेशनले गरेको छ । फाउण्डेशनका अध्यक्ष कट्टेलले गैरआवासीय नेपाली संघले गरेको सहयोगप्रति आभार प्रकट गर्दै थप सहयोगको अपेक्षा समेत राखेका छन् । उता संघका अध्यक्ष भट्टले धुर्मुस सुन्तली फाउण्डेसनले संचालन गरेका परोपकारी कार्यको प्रशंसा गर्दै यस्ता परोपकारी कार्यमा संघको सदैव सहयोग रहने विश्वास ब्यक्त गर्नुभएको छ । 
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले दिएको सहयोग निम्न ब्यक्तिहरुबाट संकलन गरिएको थियो । 
 
डा. पुरुषोत्तम बस्नेत-     रु.२३८००.५४/-
कुमार पंडित-               रु.१८३४०/- 
योगिता थापा-              रु.१८३४०/-
कबिता पराजुली-          रु.११९११/-
डा. पेसल कोईराला-      रु.११९००/-
डा. केशव प्रसाद पौडेल- रु.८३४०/-
ज्ञानेन्द्र लामा-                रु.६००९/-
नैनकुमार गिरी-               रु.५९६१/-
पुष्पराज गुरुंग-               रु.५९५०/-
रितु तंग्रा-                       रु.३५७०/-
स्मिता खत्री-                  रु.३५७०/-
प्रकाश यादव-                रु.२९७५/-
मेलिना थापा-                 रु.२९७५/-
भीम बहादुर भण्डारी-        रु.२३८०/-
अनिल चौधरी-                रु.२३८०/-
मनोज उपाध्याय-             रु.२३८०/-
बरुन पौडेल-                   रु.२३७०/-
डा. दिवाकर पौडेल-         रु.२३८०/-
डा. मनोज                      रु.२३८०/-
नारायण थापा-               रु.१७८५/-
रमेश उप्रेती-                   रु.११९०/-
 
यस अघिपनि बिभिन्न समयमा धुर्मुस सुन्तली फाउण्डेसनलाई नर्वे बाट सहयोग हुदै आयको छ।

टिप्पणी गर्नुहोस